
बुटवल, १८ जेठ– सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको तिनाउ–३ हेडबक्स नजिकै (सिद्धबाबा नजिकै) बिहान ३ बजे पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारी साधन ठप्प छन् ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारी साधन बाटोमै रोकिएका छन् ।
उपल्लो सिद्धबाबाको हेडबक्स नजिक पहिरो झरेको पाल्पास्थित दोभान प्रहरीले जनाएको छ । प्रहरी हवलदार कुलबहादुर श्रेष्ठका अनुसार लगातार पानी परिरहेकाले सडक खुलाउन सकिएको छैन ।