
काठमाडौं, १८ जेठ–नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी विश्व–११ टोलीलाई मैत्रीपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलमा वेस्ट इन्डिजले ७२ रनले पराजित गरेको छ ।
गएराति अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व–११ टोलीले इंग्ल्याण्डको लर्ड्समा वेष्ट इन्डिजसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खेलमा २ सय रनको विशाल योगफल पछ्याएको विश्व–११ टिम १२७ रनमै अलआउट भयो ।
यसअघि खेलमा पहिले व्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन जोडेको थियो । १ ओभरमात्र बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।
उनले विकेट हासिल गर्न सकेनन् । व्याटिङतर्फ सन्दिपले अविजित ४ रनको योगदान गरे ।