२३ जेठ २०८३, शनिबार

पाल्पामा बस दुर्घटना : चार जनाको मृत्यु

पाल्पामा बस दुर्घटना : चार जनाको मृत्यु

पाल्पा, १८ जेठ–पाल्पाको हुमिनमा बस दुर्घटनामा परेको छ । तानसेनबाट रामपुर जाँदै गरेको बस रम्भा गाउँपालिका–४ हुमिनमा बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । मृतको संख्या बढ्न सक्ने बताइएको छ । तर घटनाको पूरा विवरण आइसकेको छैन ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि मिसन अस्पताल तानसेनमा ल्याएको प्रहरी निरीक्षक अमृत भण्डारीले बताए ।

बस सडकबाट झन्डै १५० मिटर तल खसेको छ । लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । 

लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले रामपुर भ्रमणका लागि रिजर्भ गरेको बस दुर्घटनमा परेको हो । संस्थाले २७ जनाका लागि रिर्जभ गरेको प्रहरीले जनाएको छ । 

अहिले घटना स्थलमा पानी परिरहेकाले उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्