२९ जेठ २०८३, शुक्रबार

'वीरे दी वेडिङ' समीक्षा : खुलेर कुरा गर्ने युवतीहरूको मस्ती

'वीरे दी वेडिङ' समीक्षा : खुलेर कुरा गर्ने युवतीहरूको मस्ती

काठमाडौं, १८ जेठ – चारजना साथीहरू आआफ्नो जिन्दगीमा संघर्ष गर्छन् र उनीहरूको दिल टुट्छ । बलिउडका लागि यो नयाँ कन्सेप्ट हैन तर वीरे दी वेडिङ कुन अर्थमा फरक छ भने यसमा चार साथीहरू महिला हुन् । यी
महिलाहरू आफ्नो जिन्दगी आफ्नै शर्तमा बाँच्छन् अनि निडर भई धक फुकाएर कुरा गर्छन् । 

चारैजनाले सेक्स र चरमसुखको पनि कुरा गर्छन् । आफ्नो परिस्थितिमा उनीहरू हाँसिदिन्छन् । महिला पात्रको प्रगतिशीलता र उनीहरूको जिन्दगीको कमी र समस्यालाई देखाइएको फिल्म हेर्न मज्जा आउँछ । यी पात्रहरूलाई गल्ती गर्ने छुट छ र यही नै फिल्मको सुन्दरता हो । 

फिल्मको कथामा यी चार पात्रको जीवनको जटिलता झल्किन्छ । कालिन्दी (करीना कपूर) बिहेको झन्झटमा फसेकी छन् । बिहे गर्ने अनि नातेदारहरूको आशामा खरो उत्रिने प्रयास गर्ने काम उनलाई मन पर्दैन । तर उनी समयसँगै बग्दै जान्छिन् किनकि उनी प्रेममा छिन् ।

अवनी (सोनम कपूर) ले मन मिल्ने पार्टनर पाएकी छैनन् । उनकी आमा दिनरात उनका लागि जीवनसाथी खोजिरहेकी छन् । साक्षी (स्वरा भास्कर) सम्बन्धमा बाँधिनका लागि बनेकै हैनन् अनि मीरा (शिखा तल्सानिया) ले एक विदेशीलाई बिहे गरेकी छन् । उसको एउटा बच्चा पनि छ तर ऊ विवाहित जीवनबाट सन्तुष्ट छैन । 

यी चारै साथीहरूको केमिस्ट्री एकदम राम्रो छ । फिल्ममा केही उम्दा संवादहरू यिनीहरूले शानदार तरिकाले बोलेका छन् । फिल्मका केही दृश्यले तपाईंलाई खुबै हसाउँछन् । 

तर फिल्मा प्रमुख पात्रको जीवनलाई अझै विस्तारमा देखाएको भए दर्शकले उनीहरूको अनुभव गर्न पाउँथे । दर्शकले पात्रको समस्या त बुझ्छन् र तिनीहरूसँग तादात्म्य राख्न पाउँदैनन् । स्क्रिप्टमा अझै मेहनत गरेको भए फिल्म शक्तिशाली हुन सक्थ्यो ।

पात्रहरूको संवाद रमाइलो छ तर कतै कतै उनीहरूले गफ गरेरै धेरै समय बर्बाद गरेका छन् र फिल्मको गति रोकेका छन् । 

हरेक फ्रेममा चारै युवतीहरू गजबको कपडा लगाएका देखिन्छन् । पार्टीमा, सफाइ गर्दा, विचारमा हराउँदा वा कसैसँग बस्दा उनीहरूको पहिरन उपयुक्त देखिन्छ । चारै अभिनेत्रीले संवाद आत्मविश्वासका साथ बोल्छन् तर कतै
कतै पार्श्वसंगीतले संवादलाई थिचिदिन्छ । 

तारीफाँ र भांगडा ता सजदा जस्ता गीत रमाइला छन् । 

पर्दामा खुलेर आफ्ना इच्छा र सेक्सको कुरा गर्ने महिला  पात्र हिन्दी फिल्ममा कमै देख्न पाइन्छ । यस अर्थमा वीरै दी वेडिङ राम्रो प्रयास हो । विशेषगरी यसका संवाद र यसले देखाएका समस्याहरूसँग युवाले आफूलाई जोड्न
सक्छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्