०४ असार २०८३, बिहीबार

पाल्पा बस दुर्घटना अपडेट -  सहकारीका अध्यक्षसहित १३ जनाको मृत्यु, १० घाइते

पाल्पा बस दुर्घटना अपडेट -  सहकारीका अध्यक्षसहित १३ जनाको मृत्यु, १० घाइते

पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना घाइते भएका छन् । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु २ ख ९७५ नम्बरको वस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्यसहित तानसेन ३ का देवेन्द्रलाला प्रधान,  तानसेन ३ कृष्णमान बज्राचार्य, तानसेन ३ का छत्रमान शाक्य ,तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल, तानसेन ६ का सचिन बज्रार्चाय , तानसेन ३ का बसन्ती खाण, तानसेन ६ का गिता बुढाथोकी, तानसेन ३ कमला कार्की रहेका छन् ।

एक जना मृतक महिलाको नाम खुल्न सकेको छैन । मृतक मध्य कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको हो अरु सवैको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेहनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन,उत्तम कुमार बज्राचार्य,ओम मलेगो,मिना खाम्चा,मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्यको,सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ । घाइते मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ । भर्खरै मिसन अस्पतालले घाईते मुना सारु र ओम मलेगोलाई लुम्विनी मेडिकल कलेज रेफरल गरेको छ भने वस चालक अर्जुन थापालाई काठमाडौ लैजाने तयारी भैरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आर्चायले बताए ।

तस्वीर सौंजन्य- राजेश कुमार अर्याल, अध्यक्ष, पत्रकार महासंघ पाल्पा

salt training

कमेन्ट गर्नुहोस्