२३ असार २०८३, मंगलबार

यादव र राई मन्त्री नियुक्त

यादव र राई मन्त्री नियुक्त

काठमाडौँ, १८ जेठ - राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । 

नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध हुनुहुन्छ । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । 

यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्