पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
१६ देशका २२ वटा कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हालै काठमाडौँमा सम्पन्न भएको छ । वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको दोस्रो शताबार्षिकी पारेर नेपाल कम्युनिस्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको उक्त कार्यक्रममा मार्क्सवाद र समाजवादका बारेमा खुलेर छलफल भएको छ । ४२ जना विदेशी र बाँकी नेपाली गरी करिब तीन सय जना सहभागी रहेर दुई दिनसम्म भएको छलफलमा औपचारिक कार्यपत्रबाहेक सहभागीहरुले इच्छा अनुसार कुनै पनि पार्टीका नेतालाई प्रश्न सोध्ने र त्यसमा छलफल गर्ने जीवन्त अभ्यास समेत भएको थियो । सम्मेलनबाट ६ बुँदे काठमाडौँ घोषणा जारी भएको छ, जसमा कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुले आफ्ना समान धारणाहरु सार्वजनिक गरेका छन् ।
करिब दुई तीन महिनाअघि पार्टी एकता नहुँदै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने निर्णय भएर यो कार्यक्रम आयोजना भएको थियो । बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा बनाइएको आयोजक समितिले सचिवालय बनाएर यसको गृहकार्य सुरु गर्दा हामीलाई कार्यक्रम यति भव्य होला कि नहोला भन्नेमा शंका थियो । दुबै पार्टीका नेताहरु बसेर विश्वका २८ वटा कम्युनिस्ट पार्टीलाई आमन्त्रण गर्ने निर्णय भएपछि त्यही अनुसार हामीले तयारी थालेका थियौँ ।
इमेल ठेगाना संकलन, अवधारणापत्र निर्माण, आमन्त्रण पत्र मस्यौदा, कार्यक्रम स्थल तय, होटल बुकिंग जस्ता कुरा गर्दागर्दै दुई महिना सकिएको थाहै भएन । खासमा यो कार्यक्रम कार्ल मार्क्सको जन्म दिन पारेर मे ५ तारिखमै गर्ने सुरुको योजना थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा पनि त्यही थियो । तर, तयारीका लागि पर्याप्त समय नपुग्ने भएका कारण हामीले मार्क्सको जन्म महिना मे भित्रै गरौँ भनेर ३० र ३१ तारिख रोजेका थियौँ ।
हामीले यो कार्यक्रम गर्नुको उद्देश्य नेपालमा कम्युनिस्ट आन्दोलनले हासिल गरेको अभूतपूर्व सफलता विश्वका कमरेडहरुका बीचमा बाँड्नु थियो ।
भनिरहनु परेन, विश्वमा अहिले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । क्रान्तिबाट सत्ता स्थापना भएका चीन, क्युवा, लाओस, भियतनाम र उत्तर कोरियाबाहेक अन्यत्र कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुकहरु छैनन् । साम्राज्यवाद विरोध समाजवादी सरकारहरु ल्याटिन अमेरिकामा भए पनि तिनीहरु कम्युनिस्ट होइनन् । यस्तो अवस्थामा निर्वाचनबाट करिब दुई तिहाई मत ल्याएर सत्तामा जाने कम्युनिस्टहरु नेपालमा मात्र छन् । विश्वका हाम्रा कमरेडहरुलाई हामीले यो सफलता कसरी प्राप्त गर्यौँ भनेर सुनाउन चाहन्थ्यौँ । प्र्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, आयोजक समितिको संयोजक माधवकुमार नेपाल र समापन समारोहका अध्यक्ष नारायणकाजी श्रेष्ठले त्यो कुरा राम्ररी सम्प्रेषण गर्नुभएको छ ।
विश्व मार्क्सवादको पक्षमा या विपक्षमा गरी दुई शिविरमा बाँडिएको छ । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएयताको सम्पूर्ण राजनीतिक विमर्शको केन्द्र मार्क्स र उहाँका विचारहरु छन् । अहिलेसम्म जति विचार विमर्श र बहसहरु भएका छन्, तिनीहरु या मार्क्सवादका पक्षमा छन् या त त्यसका विपक्षमा । अर्थात् विचारका प्रश्नमा मार्क्सवाद विश्वको प्रधान विचारधारा हो र यसले विश्वका सबभन्दा बढी मानिसहरुलाई असाधारण ढंगले प्रभावित पारिरहेको छ । मार्क्सवादका समर्थक, शुभेच्छुक र अनुयायीहरु मात्र होइन, यसका विरोधीहरु पनि यसको वरिपरि घुम्न बाध्य छन् । १ सय ७० वर्षसम्म विश्वलाई असाधारण रुपमा लगातार प्रभावित पारिरहने मार्क्सवादबाहेक अर्को कुनै वैज्ञानिक विचार छैन । मार्क्सवादको सान्दर्भिकता हिजो जति थियो, आज पनि त्यति नै छ र भोलि पनि रहिरहनेछ ।
मार्क्सवादको मूल ध्येय अग्रगामी आर्थिक–सामाजिक परिवर्तन हो, मेहेनतकश श्रमजीवी वर्गको मुक्ति हो । उत्पादनका साधनहरुमाथि पुँजीपति वर्गको वर्चश्वलाई संघर्षका माध्यमबाट समाप्त पारी तिनलाई श्रीमजीवी वर्गका हातमा ल्याउनु हो । यसक्रममा विश्वभर नै मार्क्सवादले अभूतपूर्व श्रेष्ठता हासिल गरेको छ । साथै, प्रत्येक देशको आवश्यकता र वस्तुस्थितिको ठोस मूल्यांकन अनुसार कार्यनीतिगत नवीनताहरुलाई उपयोग गर्दै मार्क्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्ने ढोका पनि यसले खुल्लै राखेको छ । त्यही अनुसार विश्वका विभिन्न भागमा आ–आफ्ना मुलुकका विशेषता अनुरुप मार्क्सवादको सिर्जनात्मक प्रयोग, विकास र रक्षा गर्ने काम जारी छ । मलाई लाग्छ, आजको हाम्रो यो जमघट पनि त्यसैमा योगदान गर्ने एउटा प्रयास हो ।
समाज विज्ञानको इतिहासमा कार्ल मार्क्सको योगदानलाई आजसम्म कसैले चुनौती दिन सकेको छैन । उहाँले स्थापित गरेको इतिहासको भौतिकवादी धारणा तथा पुँजी र श्रमबीचको सम्बन्ध अर्थात् अतिरिक्त मूल्यको सिद्धान्त वरिपरि नै विश्व समाज घुमिरहेको छ । विगत हजार वर्षमा प्रकट भएका विचारहरुलाई संश्लेषण गर्दा कार्ल मार्क्सका विचारहरु सर्वाधिक प्रभावशाली रहेको निष्कर्ष निकाल्दै उहाँलाई ‘सहश्राब्दी पुरुष’का रुपमा स्वीकार गरिनुले मार्क्सवादको घनत्व समाजमा कति छ भन्ने देखाउँछ ।
पुँजीवादमा नयाँ–नयाँ संकटहरु देखा परिरहेका छन्, यसले आफ्ना एकपछि अर्को विकृत रुपहरु देखाउँदै गएको छ र दिनप्रतिदिन विभेद, उत्पीडन र शोषणको मात्रा बढाइरहेको छ । यति भनेर मात्रै समाजवादको औचित्य पुष्टि गर्न सकिँदैन । हामीले कस्तो अभ्यासबाट त्यसलाई परास्त गर्दै जनतालाई समृद्ध बनाउँछौँ रु समाजलाई शोषणरहित, समतामुलक र न्यायपूर्ण बनाउँछौँ रु जनताले देख्ने र बुझ्ने मार्क्सवाद र समाजवाद त्यही हो । मेरो विचारमा आजको हाम्रो समाजवादको ध्येय पनि यही हो र हुनुपपर्छ । किनभने, कार्ल मार्क्सले आफ्ना सम्पूर्ण रचनाहरुमा मानिसलाई केन्द्रमा राख्नुभएको छ । रहस्यपूर्ण, अलौकिक, आधारहीन र काल्पनिक कुराहरुलाई बैज्ञानिक विचार पद्दतिद्वारा चुनौती दिँदै उहाँले आफ्नो विचारको प्रमुख आधार मानिस, त्यसको जीवन, त्यसको विशाल समुदाय र अन्ततः विश्वलाई बनाएको कुरा हाम्रा लागि सदैव दिमागमा रहिरहनुर्छ । अर्थात्, मार्क्सवाद कुनै बौद्धिक बहस वा राजनीतिको विषय मात्र होइन, यो त आम जनताको जीवनमा आमूल परिवर्तन ल्याउने सूत्र हो । हामी त्यसलाई कसरी प्रयोग गर्छौं र कस्तो परिणाम निकाल्छौँ भन्ने कुराबाट जनसमुदायले यसको औचित्य परख गर्छन् ।
नेपालमा हामीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँ दिएका छौँ । सन् १९४९ अप्रिल २२ तारिखका दिन लेनिनको जन्म दिन पारेर पुष्पलालको नेतृत्वमा पाँच जनाले देशबाहिर स्थापना गरेको कम्युनिस्ट पार्टी आज मुलुकको सत्तारुढ र शक्तिशाली पार्टीका रुपमा स्थापित भएको छ । कम्युनिस्ट पार्टीको पहल र नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएपछि आयोजित स्थानीय, प्रदेश र संघका तीनै निर्वाचनमा कम्युनिस्ट पार्टीले शानदार विजय हासिल गरेको छ । स्थानीय निर्वाचनमा हामी दुई ठूला कम्युनिस्ट पार्टीले अलग–अलग प्रतिस्पर्धा गर्दा पनि बहुमत स्थानमा विजय हासिल गरेका थियौँ भने प्रादेशिक र संघीय निर्वाचनमा मिलेर जाँदा करिब दुई तिहाई सिटमा विजय हासिल गरेका छौँ ।
हालै १८ मे, २०१८ मा दुई पार्टी मिलेर एक भएपछि नेपालका सबै तहमा हाम्रो पूर्ण वर्चश्व भएको छ । संघीय संसद् अन्तर्गत तल्लो सदन– प्रतिनिधिसभामा २ सय ७५ मध्ये हामीसँग १ सय७४ सिट छ भने माथिल्लो सदन– राष्ट्रियसभामा ५९ मध्ये ४२ सिट छ । अर्थात् हामी करिब ६४ प्रतिशत छौँ । सातवटा प्रदेशमध्ये छ वटामा दुई तिहाई बहुमतसहितका हाम्रै सरकारहरु छन् । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष जस्ता सबै प्रमुख पदहरुमा हाम्रा नेताहरु निर्वाचित हुनुभएको छ । यी सबै घटनाक्रमबाट नेपालमा अभूतपूर्व अवस्था सिर्जना भएको छ ।
नेपालमा कम्युनिस्ट आन्दोलन सधैँ लोकप्रिय आन्दोलनका रुपमा रहँदै आएको छ । यसो हुनुका पछाडि हामीले जनताका सरोकारका विषय, उनीहरुका मुद्दा र भावनाहरुलाई गहिरो गरी समात्न सक्नु नै प्रमुख कारण हो । हामीसँग भएको अब्बल सिद्धान्त मार्क्सवाद–लेनिनवादलाई जनताले यत्तिकै बुझ्दैनन् । हामी उनीहरुका लागि के गर्छौं ? हाम्रो व्यवहार कस्तो छ ? हामीले गरिरहेको कामले उनीहरुलाई प्रभाव पारेको छ कि छैन ? यस्ता कुराले नै कम्युनिस्ट आन्दोलन कति लोकप्रिय हुन्छ भन्ने कुरा निर्धारण हुन्छ । नेपालमा यही भएको छ ।
निर्दलीय निरंकुशताका विरुद्ध संघर्ष गर्यौँ, सामन्ती राज्य व्यवस्थाका विरुद्धमा सशस्त्र संघर्ष पनि भयो, जनअभिमत पाएर सरकार बनाउँदा जनताका पक्षमा असरदार र राम्रा कामहरु गरेर छाप बनायौँ, बहुमत नपाउँदा सक्रिय र प्रखर जनमुखी प्रतिपक्षका रुपमा संसद्लाई संघर्षको मोर्चाका रुपमा प्रयोग गर्यौँ । यी सबै घटनाक्रमहरुमा जनताले हामीलाई आफ्नै नजरले जाँच्न पाए र हामी जनअदालतको परीक्षामा उत्तीर्ण भयौँ । त्यसैको परिणाम स्वरुप प्रतिस्पर्धात्मक राजनीतिमा हामीले श्रेष्ठता हासिल गरेका छौँ र आज संसारमै उदाहरणका रुपमा प्रस्तुत भएका छौँ । लोकतन्त्र, सामाजिक न्याय, आर्थिक–सामाजिक परिवर्तन, जनजीविका जस्ता विषयमा आज हामी जनताको भरपर्दो आशाका रुपमा स्थापित भएका छौँ ।
हामीले काठमाडौँबाट विश्वलाई यही सन्देश दिएका छौँ । समग्रमा यही विषयमा सेमिनारमा छलफल भएको छ र मार्क्सवाद तथा समाजवादप्रतिको आफ्नो प्रतिबद्धतालाई उजागर गर्दै समापन भएको छ ।
(नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रिजाल कार्ल मार्क्स द्विशतबार्षिकीका अवसरमा आयोजित मार्क्सवाद र समाजवाद विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजक समितिमा रहेर सक्रिय थिए ।)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...