२८ जेठ २०८३, बिहीबार

राष्ट्रपति कार्यालयबाटै हराए दुई सय कार

कात्तिक २०, २०७४
राष्ट्रपति कार्यालयबाटै हराए दुई सय कार
काठमाडौं, २८ माघ– घानाको राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएपछि दुई सय कारहरुको खोजी गर्ने प्रयास भइरहेको छ ।

डिसेम्बरमा भएको निर्वाचनबाट सत्तारुढ भएको दल ‘न्यू पेट्रियाटिक’ले बुझ–बुझारथका क्रममा कारको विवरण रुजु गरेको थियो । सत्ता परिवर्तनपछि सरकारी गाडी नबुझाउने अधिकारीहरुबाट सम्बन्धित सवारी साधन जफत पनि गरिएको थियो ।

अघिल्लो सरकारका संचारमन्त्री रहेका ओमाने बोआमाहका अनुसार नयाँ सरकारले गाडी खरिदको आवश्यकता औंल्याउनका लागि झुटो आरोप लगाएको हो ।

तर राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार राष्ट्रपति कार्यालयको एक सय ९६ वटा टोयोटा ल्यान्डक्रुजर गाडीमध्ये ७४ वटामात्र फेला परेको छ ।

त्यसैगरी ७३ वटा प्राडो गाडीमध्ये २० वटा भेटिएको, २० मर्सि्डिजमध्ये ११ वटा फेला परेको, २८ टोयोटा एभेनोन्समध्ये दुईवटा फेला परेको, ६ बिएमडब्ल्युमध्ये ६ वटामात्र फेला परेको छ ।

घानाको सिटी एफएमले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार गाडीहरु बेपत्ता भएका कारण नयाँ राष्ट्रपतिले १० वर्ष पुरानो बीएमडब्ल्यु प्रयोग गर्नु परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्