
ट्वीटरमा एक युवतीको ट्वीट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सलमान खानको रेकर्डलाई तोड्दै अघिबढेपछि चर्चामा आएको छ । भारतमा अब यी युवतीभन्दा शाहरुख खान अगाडि छन् ।

तपाईलाई यो ट्वीटमा खास कुरा छ जस्तो नलाग्न सक्छ । तर यो ट्वीट ४० घण्टामा करिब ९६ हजार पटक रिट्वीट भएको छ । सवैभन्दा रमाइलो कुरा के छ भने यो ट्वीट नम्रता दत्तले @thescribstoriws बाट कपी पेस्ट गरेकी थिइन् ।
शुरुमा त उनले यो आफैले लेखेको भन्दै थिइन् तर पछि यो कतैबाट कपि गरेको बताइन् ।
यस अघि भारतमा कयौं ट्वीट जो सबैभन्दा धेरै पटक री ट्वीट भएका थिए त्यो मध्ये शाहरुख खानको ट्वीट बढी रिट्वीट भएको थियो । शाहरुख को सिंगर जायन मलिकका साथ खिचिएको सेल्फी करिब १ लाख ५१ हजार रिट्वीट भएको थियो ।
सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावमा जीत हासि गरेपछि गरेको ट्वीट ९० हजार रिट्वीट भएको थियो । त्यस्तै सलमान खानको एक ट्वीट करिब ४५ हजार री ट्वीट भएको थियो ।
विश्वस्तरमा भने अमेरिकाका टिभी हस्ती एलेन डेजेनरसको सन् २०१४ को ट्वीट करिब ३२ लाख ७८ हजार रिट्वीट भएको थियो ।