२७ असार २०८३, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौ, २३ जेठ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ । 

आयोगको बुधबार बसेको बैठकले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको कानून अधिकृत अरुण कुमार झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

एमाले र माओवादी केन्द्रबीच  गत जेठ ३ गते एकता भएसँगै नेपाल कम्युनिष्ट पार्टी नाम प्रस्ताव गरी निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिइएको थियो । तर, सो  नाममा यसअघि नै ऋषि कट्टेल नेतृत्वको नेकपा दर्ता भइसकेको पाइएपछि निर्वाचन आयोगले नाम फेर्न सुझाएको थियो । 

आयोगको सुझावपछि नेकपा नामलाई परिमार्जन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रस्ताव गरी दल दर्ताका लागि पुनः आवेदन दिइएको थियो । 

आयोगले पछिल्लो पटक प्रस्ताव गरिएको नामलाई स्वीकृत गरेसँगै अब एकीकृत पार्टी विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । पार्टीको चुनाव चिन्ह सूर्य  तय गरिएको छ । 

यस्तै  पार्टीमा ४४१ सदस्सीय केन्द्रीय समिति र स्थायी कमिटी ४६ सदस्सीय रहेका  रहेका छन् । 

सो पार्टीको अध्यक्ष भने केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्