
काठमाडौं, २४ जेठ– फ्रेन्च ओपन टेनिसअन्तर्गत स्पेनिस खेलाडी रफाईल नदाल र अर्जेन्टिनाका डिएगो स्वार्जम्यानबीचको बाँकी खेल बिहीबार हुने भएको छ । वर्षाका कारण बीचैमा रोकिएको खेल आज हुन लागेको हो ।
फ्रान्सको रोलाँ ग्यारोमा गएराति दोस्रो सेट चलिरहंदा वर्षा भएपछि खेल रोकिएको थियो । खेल रोकिनुपूर्व अर्जेन्टाईनी खेलाडी स्वार्जम्यानले पहिलो सेट ६–३ ले जितेका थिएभने दोस्रो सेटमा नदाल ५–३ ले अघि थिए ।
स्वार्जम्यानसँग पहिलो सेट गुमाएका नदालले सन् २०१५ यता फ्रेन्च ओपनमा कुनैपनि सेट गुमाएको यो पहिलो घटना हो । फ्रेन्च ओपन टेनिसको महिला एकलतर्फ रुसकी मारिया सारापोभा र रोमानियाकी सिमोना हालेप सेमिफाइनलकम पुगेका छन् ।