१८ असार २०८३, बिहीबार

लागूऔषध खरिद बिक्रिमा संलग्न तीन जना पक्राउ

लागूऔषध खरिद बिक्रिमा संलग्न तीन जना पक्राउ

सुनसरी, २४ जेठ– सुनसरीको इटहरीबाट लागूऔषध खरिद बिक्रि गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–८ का सुर्यमणी राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागूऔषध खरिद बिक्रि भई रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो । 

लागूऔषध बेच्ने चौधरीसहित खरिद गर्ने इटहरी–१ का भविस राई र कोशी–हरैचा–४ का प्रदिप ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएकोछ । चौधरी राउतको घरमा रहेको पुनम खड्काले संचालन गरेको औषधी पसलमा काम गर्ने कर्मचारी हुन् । 

चौधरीको कोठाबाट प्रहरीले लुकाई राखेको अवस्थामा १ सय ३४ पिस स्पाजमोल, ट्रेट्रामाटस ५ सय ६९ पिस, ट्रमाटस एसआर १७ पिस र स्पास्मोप्रोक्सिवन क्याप्सुल १४ पिस बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्