१९ असार २०८३, शुक्रबार

लन्डनको होटलमा भयानक आगलागी, निभाउनलाई १२० दमकल

लन्डनको होटलमा भयानक आगलागी, निभाउनलाई १२० दमकल

काठमाडौं, २४ जेठ – बेलायतको राजधानी लन्डनको मन्डारिन ओरिएन्ट होटलमा बुधवार आगो लाग्यो । आगो भीषण भएका कारण त्यसलाई निभाउनका लागि कैयौं दमकललाई घटनास्थलमा पठाइयो ।

दमकल विभागले दमकलका १२० गाडी र २० फायर इन्जिनलाई आगो निभाउन पठाएको थियो । 

आगो १२ तल्ले नाइट्सब्रिज होटलमा लागेको थियो । यो क्षेत्र मध्य लन्डनको सबभन्दा महंगो क्षेत्रमा पर्छ जहाँ ह्यारोड्स स्टोर पनि छ ।

आगो एकदम भीषण भएको विभागले बतायो । चारैतिर धूवाँको मुश्लो थियो । 

दमकलकर्मीहरूलाई स्थानीय समयअनुसार राति ८ बजेर २५ मिनेटमा आगोको सूचना आयो । 

होटलबाट सुरक्षित निकालिएकी एक टीभी प्रस्तोता अन्ना ह्वाइट्लीले ट्वीट गरिन्, ‘भर्खरै मन्डारिन ओरिएन्ट होटबाट निस्कँदैछु । यो अस्तव्यस्त स्थिति हो । सबैजनालाई सुरक्षित निकाल्ने संयुक्त प्रयासबाट म प्रभावित छु ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्