![काम गर्न खोजेका ओलीलाई केही समय शंकाको सुविधा दिनुपर्छ : उपाध्याय [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/DeepKumar_Banner_s4iJpayWdx.png)
काठमाडौं, २४ जेठ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका काम कारवाहीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आलोचना गरिरहेको छ ।
संसदमा दुईतिहाइ बहुमतको सरकार अधिनायकवाद उन्मुख बन्न लागेको कांग्रेसका कतिपय नेताको आरोप छ । कांग्रेसकै केही नेताहरू भने ओली सरकारले लिएका नीति र सरकारका निर्णयहरूको समर्थन गर्छन् । ती मध्येका एक हुन्, कांग्रेस नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय ।
उनले प्रधानमन्त्री ओलीको खुलेर प्रशंसा पनि गरे ।
‘लोकान्तर शो’मा कुरा गर्दै उपाध्यायले भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्न दिन्न भन्ने ओलीको भनाइ प्रशंसनीय भएको बताए । ‘केही गर्छु भन्ने ओलीको भनाइको स्वागत गर्नुपर्छ र उहाँलाई केही समय शंकाको लाभ दिनुपर्छ,’ उपाध्याय भन्छन् ।
काठमाडौंमा भारतीय रेल ल्याउने कुरा कति पत्यारिलो छ ? नेपालमा भारत या चीनको रेल पहिला आउँछ ? नेपाल–भारत सम्बन्ध नाकाबन्दी अगाडिको अवस्थामा पुगेको हो ?
यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :