०७ असार २०८३, आइतबार

विमान दुर्घटना हुँदा केन्यामा १० जनाकाे मृत्यु

जेठ २४, २०७५
विमान दुर्घटना हुँदा केन्यामा १० जनाकाे मृत्यु

नैरोबी, २४ जेठ– केन्याको मध्य क्षेत्रमा हराएको एउटा सानो विमान दुर्घटना भएको र यसमा रहेका सवै जनाको मृत्यु भएको बिहीबार पुष्टी गरिएको छ । 

विमान हराएको दुई दिनपछि विमान संचालक संस्था र सरकारी अधिकारीहरूले बिहीबार उनीहरुको मृत्यु भएको पुष्टि गरेका हुन् । 

“दुर्भाग्यवस हामीलाई उनीहरू कोही पनि जीवित नरहेको विवरण आएको छ, दिवंगत भएका यात्रुहरूको परिवारजनप्रति हामी अत्यन्त गहिरो समवेदना व्यक्त गर्दछौं,” यातायात मन्त्रालयका प्रमुख सचिव पौल मारिङगाले भने ।  हराइरहेकाहरूको खोजी गर्न तथा घटनाका बारेमा अनुसन्धान गर्न एउटा टोली घटनास्थल तर्फ गएको थियो । 

दुर्घटनामा परेको व्यक्तिहरूका आफन्त भेला भएको वेस्टन होटलमा फ्लाई साक्सका अध्यक्ष कार्लेस वाकोले पत्रकारहरूलाई भने, “दुर्घटनामा परेको कोही पनि जीवित हुनुहन्न भन्ने खबरबाट हामी अत्यन्त विक्षिप्त भएका छौं ।” 

दुर्घटनामा परेको विमान इष्ट अफ्रिकन सफारी एयर एक्सप्रेसको हो । जुन विमान गत मङ्गलबार मध्यान्ह पश्चिमी सहर कितालेबाट उडेको थियो । 

विमान उडेको झण्डै ८० मिनेटपछि सम्पर्क विहीन भएको संचालक कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

दुर्घटनामा मृत्यु भएका यात्रुको आफन्तजनप्रति राष्ट्रपति उहुरु केन्याटाले पनि समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तजनलाई आगामी दिनमा प्रशासनले सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्