
इटहरी, २५ जेठ– राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको करेन्ट लागेर मृत्यु भएको छ । इटहरी– २० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका लामाको उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।
उनीमाथि केही समय अघि तरुण दलका नेता सिजन गुरुङसँग मिलेर तरहरा भवानीपुरकी तिर्थकुमारी गिरीको जग्गा हडपेको आरोप लागेको थियो ।