०३ साउन २०८३, आइतबार

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा बानेश्वरमा प्रदर्शन

इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा बानेश्वरमा प्रदर्शन

काठमाडौं, २५ जेठ – इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको मीनभवनमा प्रदर्शन गरेको छ ।

नेविसंघ नेपाल कमर्स क्याम्पस मीनभवन इकाइले शुक्रवार बिहान साढे ९ बजेदेखि मीनभवन चोकमा विरोध प्रदर्शन गरेको हो । नेविसंघको विरोधका कारण त्यस क्षेत्रमा केहीबेर यातायात प्रभावित भएको थियो । 

नेपाल आयल नियमले पेट्रोलियम पदर्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघ कार्यकर्ताले केहीबेर नाराबाजी गरेका थिए ।

नेविसंघको विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्