१२ असार २०८३, शुक्रबार

विश्वकपमा पहिलोपटक प्रयोग हुँदैछ भिडियो रिफरल प्रविधि

विश्वकपमा पहिलोपटक प्रयोग हुँदैछ भिडियो रिफरल प्रविधि

काठमाडौं, २५ जेठ – रुसमा बिहीवारदेखि शुरू हुने फूटबल विश्वकपलाई थप रोचक बनाउन र सटीक फैसला लिनका लागि यसपालि प्रविधिको बढी प्रयोग गरिनेछ ।

पहिलोपटक भिडियो रिफरलको व्यवस्था गरिएको छ । हरेक म्याचमा ३३ वटा क्यामराले नजर राखिनेछ । ती क्यामराहरू सीधै मस्कोमा भएको केन्द्रीकृत भिडियो अपरेसन रूमसँग जोडिनेछन् । 

फिफाको रेफ्री कमिटीले भिडियो रिफरलका लागि १३ जनाको भिडियो असिस्टेन्ट रेफ्री (भार) टोली बनाइएको छ । यो टोलीले सबै ६४ म्याचमा सहयोग गर्नेछ । 

भार टीम मस्कोमा एक अपरेसन रूममा बसेर क्यामराहरूको पहुँचमा रहनेछ । 

भारहरूले कुनै निर्णय लिँदैनन् बरू निर्णय लिनका लागि रेफ्रीलाई सहायता गर्नेछन् । अन्तिम निर्णयको अधिकार रेफ्रीको मात्र हुनेछ । 

ब्रोडकास्टरहरू, कमेन्टेटरहरू र इन्फोटेनमेन्ट टोलीले दर्शकहरूलाई रिभ्यु प्रक्रियाका बारेमा जानकारी दिनेछन् । 

हरेक म्याचमा चार भिडियो असिस्टेन्ट रेफ्री हुनेछन् । यिनीहरूलाई भार, भार १, भार २ र भार ३ भनिनेछ । 

भार प्रमुख सहयोगी हुनेछन् । यिनको काम माथिल्लो मोनिटरमा रहेको मुख्य क्यामरामा नजर राख्नु हो । उनले चारै कोणमा भएका स्प्लिट मोनिटरमा घटनाको रिभ्यु गर्नेछन् । 

भार १ रेफ्रीले मुख्य क्यामरामा ध्यान केन्द्रित गर्नेछन् । कुनै घटनालाई चेक र रिभ्यु आवश्यक भएमा यसका बारेमा उनले तुरुन्तै सूचना दिनुपर्ने हुन्छ । 

भार २ अफसाइड स्टेसनमा सहायक रेफ्रीको भूमिकामा रहनेछन् । उनले अफसाइडमा कुनै पनि सम्भावित स्थितिको पूर्वानुमान लगाउनेछन् जसले गर्दा चेक र रिभ्यु प्रक्रियामा तीव्रता दिन सकिन्छ । 

भार ३ ले टेलिभिजन कार्यक्रमबाट प्राप्त प्रतिक्रियामाथि नजर राख्नेछ । त्यसैको आधारमा उनले भारलाई घटनाको समीक्षा गर्न सहायता गर्नेछन् । साथै अफसाइड स्टेसनमा भार २ र भारबीच थप राम्रो संवाद स्थापना गर्न पनि उनले
सुनिश्चित गर्नेछन् । 

भार टोलीका लागि रेफ्रीहरूको छनोटको मानदण्ड मुख्य रूपमा उनीहरूको अनुभवका आधारलाई लिइएको छ । आफ्नो देशमा भएका म्याच र कन्फेडेरेसन म्याचमा भिडियो अधिकारीका रूपमा कस्तो प्रदर्शन गरेको छ भन्ने
आधारमा भार छानिनेछ । अनि फिफासम्बद्ध म्याच र प्रिपेरोटरी सेमिनारमा उनले भार ज्ञान र क्षमताको कति उपयोग गरे भन्ने विषयलाई पनि आधार बनाइयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्