१३ असार २०८३, शनिबार

फौजदारी अभियोग लागेका सांसद् निलम्बन नहुने गरी संसद नियमावली पारित

फौजदारी अभियोग लागेका सांसद् निलम्बन नहुने गरी संसद नियमावली पारित

काठमाडौं, २५ जेठ– प्रतिनिधिसभा नियमावली, २०७५ पारित भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ बहुमतले पारित गरेको हो । 

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पाखरेलले नियमावली पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । 

नियमावलीको विपक्षमा सांसदहरु  प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए । 

नियमावलीका नेपाली कांग्रेसले पेश गरेको संशोधन सहमतिभएसँगै फिर्ता लिएको थियो । दलहरुबीच फौजदारी अभियोग लागेका सांसदहरुको पद निलम्बन नगर्ने सहमति भएको थियो । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फौजदारी अभियोग लागेका सांसदलाई संसदको नियमावलीको अधिनमा रहेर निलम्बन गर्न नहुने अडान लिएको थियो। निलम्बनको प्रावधान राजनीतिक प्रतिशोध साँध्न प्रयोग हुने कांग्रेसको तर्क थियो।
 

salt training

कमेन्ट गर्नुहोस्