१८ असार २०८३, बिहीबार

मनोज पुनको मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

मनोज पुनको मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

बुटवल, २५ जेठ–रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा पक्राउ परेका तीविरुद्ध अदालतमा भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका शाखा अधिकृत गंगाप्रसाद आचार्यले जानकारी दिए । 

प्रहरीले पक्राउ गरेको झण्डै डेढ महिनाको अनुसन्धानपछि केही दिनअघि मात्र पक्राउ परेका तीविरुद्ध अदालतमा मुद्दा पेश भएको थियो । अदालतमा चिरञ्जीवी पौडेलको जाहेरीमा विवेक भनिने सुवास गुरुङ, राम गुरुङ, हरिप्रसाद श्रेष्ठ, लेखनाथ न्यौपाने, तुल्सीराम न्यौपाने, उत्तम आचार्य, सुजु मल्ल र रोशन खड्काविरुद्ध संगठित रुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । 

यस्तै रेनु तिवारी र कृष्ण पौडेलको अलग अलग जाहेरीमा श्रेष्ठ, न्यौपानेद्वय, आचार्य, मल्ल र खड्काविरुद्ध संगठितरुपमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो भने नारायणबाबु बस्नेतको जाहेरीमा संगठित रुपमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । अदालतले उनीहरु सबैलाई मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को देहाय २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको शाखा अधिकृत आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्