१६ असार २०८३, मंगलबार

कांग्रेसले राखेका योजना बजेटमा कटौती भयोः डा महत

जेठ २५, २०७५
कांग्रेसले राखेका योजना बजेटमा कटौती भयोः डा महत

 नुवाकोट, २५ जेठ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकारका अर्थमन्त्रीले भनेजस्तो देशको अर्थतन्त्र खराब नभएको बताएका छन् । 

आज खरानीटारमा नेपाली काँग्रेस तादी गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा महतले सरकारले अर्थतन्त्र खराब भएको देखाएर नागरिकमा नकारात्मक सन्देश दिएको आरोप लगाए । 

“सरकारले स्वेतपत्र जारी गर्दा ढुकुटी रित्तै देखाउने, पछि सरकारको नीति तथा कार्यक्रममा भने त्यसको विपरीत आएको छ”, डा महतले भने, “अर्थतन्त्र खराब देखाउने प्रयासले राम्रो सन्देश दिँदैन ।” 

पूर्वअर्थमन्त्रीसमेत रहेका डा महतले कम्युनिस्टको सरकार भए पनि अहिलेको बजेट हेर्दा कम्युनिस्ट सरकार पनि काँग्रेसकै बाटोमा हिँडेको देखाएको बताए  । डा महतले नेपाली काँग्रेसले प्राथमिकतामा राखेका योजना कटौती गरेर बजेट आएको भन्दै त्यसले विकासको निरन्तरतामा असर गर्ने विचार व्यक्त गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्