२० असार २०८३, शनिबार

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, २५ जेठ– प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटाको अवस्था अरु दिनभन्दा गम्भीर रहेको उनका भतिजा बसन्त देवकोटाले बताए । ‘अरु दिनको भन्दा स्वास्थ्य अवस्था केही गम्भीर भएको छ,’ देवकोटाले लोकान्तरसँग भने ।

पाँच महिनासम्म बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर देवकोटालाई गत वैशाखमा नेपाल ल्याइएको थियो । 

बाँकी उपचार स्वदेशमै गर्ने देवकोटाकै इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो । देवकोटाको न्यूरो अस्पतालमा सघन रुपमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्