२३ असार २०८३, मंगलबार

विश्वकप अभ्यास खेल : उरुग्वेले जित निकाल्दा पोल्याण्ड र चिली बराबरी

विश्वकप अभ्यास खेल : उरुग्वेले जित निकाल्दा पोल्याण्ड र चिली बराबरी

काठमाडौं, २६ जेठ– विश्वकप फुटबलको अभ्यास खेलमा उरुग्वेले उज्वेकिस्तानलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा उरुग्वेले उज्वेकिस्तानलाई ३–० ले हराएको हो ।

उज्वेकिस्तानमाथि जित निकाल्ने क्रममा उरुग्वेले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको हो । 

७९ औँ मिनेटमा कोमिलोभ रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको थियो ।

शुक्रबारराति भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले लिथुवानियालाई १–०, क्रोएसियाले सेनेगललाई २–१ तथा स्वीट्जरल्याण्डले जापानलाई २–० ले हरायो भने पोल्याण्ड र चिलीले २–२ को बराबरी खेलेका छन् । 

विश्वकप पाँच दिनपछि रुसमा शुरु हुँदै छ ।
 

salt training

कमेन्ट गर्नुहोस्