०८ असार २०८३, सोमबार

त्रिशूलीमा ट्रक खस्यो, दुई जना बेपत्ता

त्रिशूलीमा ट्रक खस्यो, दुई जना बेपत्ता
फाइल तस्वीर

धादिङ, २६ जेठ- पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । 

भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो ।

नदीमा परेर सिन्धुपाल्चोक, बाह्रबीसेका ट्रक चालक २७ वर्षीय टोपबहादुर श्रेष्ठ र सहचालक १९ वर्षीय तुलसी दुलाल हराइरहेका छन् । 

नदीमा ट्रकसमेत डुबेको अवस्था छ । सो दुर्घटनामा घाइते भएका एक जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी भइरहे पनि नदी बढेकाले कठिनाइ भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्