२६ असार २०८३, शुक्रबार

दार्चुलामा छात्राको अनौठो व्यवहार : बेहोस हुने र काप्ने गर्दा पठनपाठनमा समस्या

दार्चुलामा छात्राको अनौठो व्यवहार : बेहोस हुने र काप्ने गर्दा पठनपाठनमा समस्या

दार्चुला, २६ जेठ – दार्चुला महाकाली नगरपालिका–१ कोट कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अनौठो व्यवहार गर्दै दिनहुँ बेहोस हुन थालेपछि पठनपाठनमा समस्या भएको छ । 

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा बेहोस हुने गरेका छन् । दैनिकजसो ४ देखि ५ जना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो । छात्रा बेहोस हुने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५–२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधा–एक घण्टापछि मात्रै होसमा आउने गरेको जनाइएको छ । 

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हाम फाल्न खोज्नेलगायत क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिए । शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताए । डाक्टरले उक्त रोगलाई ‘मास हिस्टेरिया’ बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्