१३ असार २०८३, शनिबार

भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष विरुद्ध अख्तियारद्वार विशेष अदालतमा मुद्दा

जेठ २६, २०७५
भ्रष्टाचार गरेको भन्दै वडा अध्यक्ष विरुद्ध अख्तियारद्वार विशेष अदालतमा मुद्दा

सुर्खेत, २६ जेठ–अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले एक जना वडाअध्यक्षलाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।

आरोप पत्र दायर भएसँगै भेरीगंगा नगरपालिका–१२ का वडा अध्यक्ष निलम्वनमा परेका हुन् । भेरीगंगा नगरपालिका–१२ को छिन्चु स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष हरिप्रसाद कँडेल र स्वास्थ्य चौकीका इन्चार्ज नेत्रप्रसाद देवकोटाले सरकारले निःशुल्क उपलब्ध गराएका औषधि सेवाग्राहीलाई नदिएर नक्कली विलका आधारमा ५० हजार पाँच सय ८० रुपियाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियारले जेठ १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

सेवाग्राहीले स्वास्थ्य चौकीबाट निःशुल्क रुपमा पाउनुपर्ने औषधि र अन्य सेवन–सुविधा सेवाग्राहीलाई उपलब्ध नगराई नक्कली तथा फर्जी विल भरपाईको आधारमा ५० हजार पाँच सय ८० रुपियाँ भ्रष्टाचार भएको देखिउको अख्तियारले जनाएको छ । अख्तियार सम्वद्ध स्रोतका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम विगो असुल उपर गरी कसुरको मात्रा हेरेर जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोपपत्र दायर गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्