०४ असार २०८३, बिहीबार

निगमका ट्यांकरलाई अलग्गै लाइन

जेठ २७, २०७५
निगमका ट्यांकरलाई अलग्गै लाइन

पर्सा, २७ जेठ– वीरगन्जको सीमापारि भारतीय आईसीपीमा नेपाली ट्यांकरलाई डेडिकेटेड लाइन (छुट्टै सवारी लाइन) दिन भारतीय पक्ष सहमत भएको छ । 

सातायता भारतको रक्सौलमा इन्धन बोक्ने नेपाली ट्यांकरका चालकमाथि भइरहेको कुटपिट र दुव्र्यवहारको घटना र त्यसले सिर्जित गरेको समस्याको समाधान गर्न रक्सौल आईसीपीमा शुक्रबार सम्पन्न सरोकारवालाहरुको दुईदेशीय बैठकमा भारतीय पक्षले यस्तो सहमति जनाएको हो । 

भारतीय राजमार्ग हुँदै बरौनीबाट इन्धन बोकेर आएका नेपाल आयल निगमका ट्यांकर चालकहरुलाई रक्सौल आईसीपीतर्फ प्रवेश गर्ने क्रममा लक्ष्मीपुरमा भारतीय प्रहरीले कुट्ने, कागजात र पैसा खोस्नेजस्ता घटना नियमित हुन थालेपछि त्यसको दीर्घकालिन समाधान गर्न उक्त बैठक गरिएको थियो, आजको कान्तिपुरमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्