२४ असार २०८३, बुधबार

किमसँगको शिखर वार्ताका लागि ट्रम्प सिंगापुर तर्फ

किमसँगको शिखर वार्ताका लागि ट्रम्प सिंगापुर तर्फ

काठमाडौं, २७ जेठ– उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर प्रस्थान गरेका छन् । ट्रम्पले कोरियाली नेता उनसँग जुन १२ मा ऐतिहासिक वार्ता गर्दै छन् । 

क्यानडाको क्यूबेकमा भएको औद्योगिक देशहरूको संगठन जी सेभेनको बैठकपछि उनी सिंगापुर प्रस्थान गरेका हुन् । 

यसअघि बैठकमा स्टील र अल्मुनियममा अमेरिकाले लगाएको आयात करप्रति अरु मुलुकले आपत्ति जनाएपछि ट्रम्पले करका विषयमा पुनर्विचार गरिने बताएका छन् ।

उक्त कर फिर्ता गर्नुपर्ने जस्ता विषयमा सहमति नबने पनि ट्रम्पले भने आफूले कर अन्त्य गर्ने प्रस्ताव राखेको जानकारी दिएका हुन । अमेरिकाले स्टीलमा २५ र अल्मुनियममा १० प्रतिशत आयात कर लगाएपछि क्यानडा, जापान, जर्मनीलगायतका देशले आपत्ति जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्