अमेरिका तथा उत्तर कोरियाका सर्वोच्च नेताबीच आगामी १२ जून (जेठ २९) मा सिंगापुरमा भेटवार्ता हुन लागेको छ ।
ऐतिहासिक भनिएको यो बैठकपछि कोरियाली प्रायद्वीपमा अमनचयन र शान्ति छाउने विश्वास गरिएको छ ।
तर जापान भने उत्तर कोरियाली मिसाइलका कारण डराइरहेको छ । यतिसम्म डराएको छ कि उसले गत वर्ष मात्र दोस्रो विश्व युद्धपछि पहिलोपटक हवाई हमलाबाट बच्नका लागि सैन्य अभ्यास आयोजित गरेका छन् ।
जापान यो पनि सोचिरहेको छ कि यदी अमेरिका तथा उत्तर कोरियाकाबीच कुनै सम्झौता भयो भने उत्तर कोरियाको सबै मिसाइल बारेमा हुनेछ या फेरि ति मिसाइलको बारेमा मात्र जो अमेरिकासँग मार हन्न सक्छ ।
जानकारहरुका अनुसार जापानी प्रधानमन्त्री सिन्जो आवे यो विश्वास गरिरहेका छन् कि अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै पनि सम्झौता गर्दा विशेष ध्यान दिनेछन् ।
किम र ट्रम्पबीचको भेटवार्ता भन्दा पहिला जापानी प्रधानमन्त्रीले ट्रम्पसँग भेटवार्ता गरेका छन् । जहाँ उनले जापानको सुरक्षा सम्बन्धी चिन्ताका बारेमा अमेरिकाले किमसँग कुरा राखोस् ।
यसअघि उत्तरले जापानको समुन्द्रमाथिबाट मिसाइलको परीक्षण गरेको थियो ।