२३ असार २०८३, मंगलबार

नेपाल प्रहरीमा अब ३ जना मात्रै एआईजी रहने

नेपाल प्रहरीमा अब ३ जना मात्रै एआईजी रहने

काठमाडौं, २७ जेठ– नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी संख्या तीनमा झरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एआईजीको दरबन्दी कटौती गर्दै तीनमा झार्ने निर्णय गरेको हो । 

यसअघि गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीमा ५ जना एआईजी राख्नका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव गर्ने निर्णय गरेको थियो । 

प्रदेश प्रहरीको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले गर्ने अवस्थामा महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नुहने भन्दै मन्त्रिपरिषदले एआईजीको संख्या ३ जना मात्रै रहने निर्णय गरेको हो । 

अब महानगरीय प्रहरी आयुक्तको कार्यालयमा डीआईजीको नेतृत्व हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्