०८ साउन २०८३, शुक्रबार

सांसदको दुःखेसो– ठेकेदारले काम नगर्दा हामीलाई ‘रिप’ लेख्न थाले, असुरक्षा भयो

सांसदको दुःखेसो– ठेकेदारले काम नगर्दा हामीलाई ‘रिप’ लेख्न थाले, असुरक्षा भयो

काठमाडौं, २७ जेठ – ठेकेदारले समयमा काम नगरेका कारण आफूहरू असुरक्षित बनेको भन्दै एक सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद् हितबहादुर तामाङले ठेकेदारले समयमा काम नगरेका कारण आफूहरू असुरक्षित बनेको बताएका हुन् ।

‘टोखादेखि त्रिशूली जोड्ने सडक समयमा पूरा नहुँदा सडक हिलाम्मे बनेको छ । ठेकेदारले समयमा काम नगर्दा स्थानीय जनताले सामाजिक सञ्जालमा हाम्रा फोटा राखेर रिप (रेस्ट इन पिस) लेख्न थाले,’ सांसद तामाङे भने, ‘ठेकेदारले काम नगर्दा हाम्रो समेत असुरक्षा भयो । सरकारको ध्यानाकर्षण गराउँछु ।’

नुवाकोटबाट पूर्वअर्थमन्त्री कांग्रेस नेता डा. रामशरण महतलाई पराजित गरेका सांसद तामाङले ठेकेदारले टेण्डर पार्ने र काम नगर्ने गरिरहेको भन्दै उनीहरूलाई कारवाही गर्न माग समेत गरे ।

salt training

कमेन्ट गर्नुहोस्