
काठमाडौं, २७ जेठ – साउदी अरबका हालै अचम्मको फेशन शो गरियो । त्यहाँ –याम्पमा मोडलको ठाउँमा ड्रोनलाई कपडा लगाएर हिँड्न लगाइयो ।
सामाजिक सञ्जालमा यसको आलोचना पनि भइरहेको छ । तर आयोजकले रमजानको महिना चलिरहेकाले मोडलको साटो ड्रोनलाई उपयोग गरिएको तर्क दिए ।
फेशन शो जेद्दाहको रेड सी पोर्टमा रहेको हिल्टन होटलमा आयोजना गरिएको थियो । ट्विटरमा एक प्रयोगकर्ताले यो फेशन शोको तुलना भुताहा फिल्मसँग गरिदिए । अन्य प्रयोगकर्ताहरूले महिलाको साटो ड्रोनको प्रयोगले महिलामाथि साउदीले लगाएको प्रतिबन्धलाई झल्काउने बताए ।
भिडियो हेर्दा प्रस्ट हुन्छ, साउदीमा महिलालाई समानता दिनका लागि अझै थुप्रै काम गर्न बाँकी छ । वर्षौंसम्मद मन सहेपछि साउदीका महिलाहरूलाई बल्ल आएर वाहन चलाउने अनुमति दिइएको छ । केही महिलाले लाइसेन्स पनि पाइसकेका छन् । तर २४ जुनअघि उनीहरूले गाडी चलाउन पाउँदैनन् ।
गत अप्रिलमा साउदीले पहिलो अरब फेशन वीक आयोजना गरेको थियो । उक्त समारोहमा पुरुषलाई आउन मनाही थियो । त्यसको फोटो खिच्न समेत रोक लगाइएको थियो ।
Instead of female model Drone used in a fashion show in Saudi Arabia. pic.twitter.com/qYTdQ7ajSx
— WMR (@wahabrizvi) June 8, 2018
एजेन्सी