१२ असार २०८३, शुक्रबार

राजपालाई सरकारमा ल्याउन पहल

जेठ २८, २०७५
राजपालाई सरकारमा ल्याउन पहल

काठमाडौँ, २८ जेठ– प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ । त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सुरु भएको छ ।

संसद्मा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो । तर संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको छ , कान्तिपुर दैनिकमा खबर छापिएको छ।

salt training

कमेन्ट गर्नुहोस्