१९ असार २०८३, शुक्रबार

किम र ट्रम्पको शिखर वार्तामा यी तेस्रा व्यक्ति को हुन् ?

किम र ट्रम्पको शिखर वार्तामा यी तेस्रा व्यक्ति को हुन् ?

काठमाडौं, २८ जेठ – मंगलवार उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बहुप्रतीक्षित भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् । 

संसारभरिका राजनीतिक विश्लेषक र सामान्य मानिसको नजर यस भेटघाटमा छ । 

यो बैठकमा दुवै देशका तर्फबाट अनेकौं कूटनीतिज्ञहरू उपस्थित हुनेछन् जसका बारेमा आधिकारिक जानकारी छैन । तर बैठकमा कूटनीति र राजनीतिसँग कुनै साइनो नभएका एक व्यक्ति पनि उपस्थित छन् । 

ती हुन्, अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यान । उनी किमनिकट मानिन्छन् । 

सन् १९६१ मा जन्मेका डेनिस रोडम्यानले आफ्नो प्रारम्भिक पढाइ अमेरिकाको टेक्ससस्थित कम्युनिटी कलेजबाट गरेका हुन् । त्यसपछि साउथ ईस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटीबाट माथिल्लो तहको पढाइ गरेका हुन् । 

पछि उनले नेसनल बास्केटबल एसोसिएसनका लागि खेल्न थाले । स्मल फरवार्ड पोजिसनबाट शुरु गरेर उनी राम्रो खेलाडीका रूपमा पहिचान बनाउन सफल भए । 

रोडम्यान एक व्यावसायिक कुश्तीबाज पनि हुन् । ट्रम्पको पनि व्यावसायिक कुश्तीसँग पुरानो सम्बन्ध छ । 

डेनिस रोडम्यानले गत ८ जुनमा आफ्नो ट्विटर अकाउन्टमा घोषणा गर्दै ऐतिहासिक सम्मेलनमा भाग लिन सिंगापुर गइरहेको र आफ्ना साथीहरू ट्रम्प र किमलाई चाहिने सबै सहायता उपलब्ध गराउने बताए । 

रोडम्यान लामो समयदेखि अमेरिका र उत्तर कोरियाबीचको शान्तिपूर्ण सम्बन्धका पक्षधर हुन् । 

उनले सन् २०१३ मा द गार्डियन पत्रिकामा दिएको अन्तर्वार्तामा किमलाई राम्रा मान्छे भनी उल्लेख गरेका थिए । 

रोडम्यानले पाँचचोटि उत्तर कोरियाको भ्रमण गरिसकेका छन् । 

उनी शिखर सम्मेलनमा कुनै सांस्कृतिक समारोहमा विशिष्ट अतिथिका रूपमा उपस्थित हुन सक्छन् । 

नर्थ कोरिया लिडरशिप वाच नामक वेबसाइट चलाउने माइकल म्याडन भन्छन्, ‘रोडम्यान सद्भावना दूत जस्ता व्यक्ति हुन् । दुवै पक्ष सांस्कृतिक आदानप्रदानका लागि तयार भएमा रोडम्यान त्यसको महत्त्वपूर्ण अंग हुन सक्छन् ।
बास्केटबलमार्फत सांस्कृतिक आदानप्रदान हुने सम्भावना छ ।’

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्