काठमाडौं, २८ जेठ – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली अहिले आफ्नो परिवारसँग समय बिताइरहेका छन् ।
अफगानिस्तानविरुद्ध बिहीवारदेखि शुरू हुन गइरहेको एकमात्र टेस्ट म्याचअघि विराटले पत्नी अनुष्का शर्मासँगको एउटा फोटो शेयर गरेका छन् । तस्वीरमा उनीहरूसँग एउटा छाउरो पनि देखिन्छ ।
विराटले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो फोटो शेयर गरेका हुन् । तस्वीरलाई उनका प्रशंसकहरूले खुबै मन पराएका छन् । फोटोले लाखौं लाइक पाइसकेको छ ।
प्रशंसकहरूले विराट र अनुष्कालाई पर्फेक्ट कपल बताए । केहीले चाहिँ बच्चा कहिले हुन्छ भनेर पनि सोधे ।
एजेन्सी