०१ असार २०८३, सोमबार

काठमाडौं झिकाइएका गोरेसहित तीन जनालाई केन्द्रीय कारागार लगियो

जेठ २८, २०७५
काठमाडौं झिकाइएका गोरेसहित तीन जनालाई केन्द्रीय कारागार लगियो

काठमाडौं,२८ जेठ– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ । 

जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको हो । 

तीनजनालाई सोमवार ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा झिकाइएको थियो । विभागमा गोरेसहितको टोलीसँग प्रारम्भिक वयान लिइएको छ । त्यस लगत्तै गोरेसहितका तीनजनालाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धिकरण अभियोगमा छानबिनका लागि छानबिन माग गर्दै अदालतमा अभियोग पत्र दायर गरेको थियो । सम्पत्ति शुद्धिकरण विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा तीन जनालाई झिकाउन जिल्ला अदालत मोरङमा पत्राचार गरेको थियो । 

मोरङले २५ जेठमा पठाएको पत्रमा प्रतिवादीहरुसँग कसुरको गाम्भीर्यताको आधारमा तत्काल केही कुरा बुझि जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने भएकाले उनीहरुसँग बुझ्ने कुरा बुझी फिर्ता पठाइने उल्लेख छ । 

विभागले जाँचबुझ गर्नुपर्ने कुरा जाँचबुझ गरेपछि उनीहरुलाई फिर्ता पठाउनुपर्ने शर्तमा मोरङ जिल्ला अदालतले राजधानी झिकाउनका लागि अनुमति दिएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करीका अभियुक्तहरुले तस्करीमार्फत अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरणमा छानबिनका लागि अभियोग पत्र दायर गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्