
काठमाडौं, २८ जेठ – उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच मंगलवार सिंगापुरमा ऐतिहासिक भेटवार्ता हुँदैछ ।
यसैबीच किमले ट्रम्पलाई दोस्रो भेटघाटका लागि उत्तर कोरिया आउने निम्तो दिएका छन् ।
दक्षिण कोरियाको पत्रिका जुनगाङ इल्बोले दाबी गरेअनुसार, किमले ट्रम्पलाई जुलाई महिनामा प्योङयाङ आउने निम्तो दिएका हुन् ।
मंगलवारको वार्तामा आणविक निःशस्त्रीकरणमा सहमति बनेमा जुलाईमा दोस्रो भेटघाट हुन सक्छ ।
दुई नेताले दोस्रो शिखर वार्ता गरे भने तेस्रो भेटघाट वाशिटङनमा हुनेछ ।
बीबीसीले लेखेअनुसार, सिंगापुरमा हुने वार्तामा किमले पूर्ण शान्ति बहाल गर्नेमा पूरा जोड दिएका छन् ।
अमेरिकाले उत्तर कोरियाबाट पूर्ण आणविक निःशस्त्रीकरणको अपेक्षा राखेको भएपनि यसो गर्दा उत्तर कोरियाले के पाउँछ भन्ने प्रस्ट हुन सकेको छैन ।
एजेन्सी