
काठमाडौं, २८ जेठ– ललितपुरको युएन पार्कमा गोली चलेको छ । प्रहरीले पक्राउ गर्न खोज्दा भागेका गुन्डा नाइके अशोक लामामाथि महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले गोली चलाएको हो ।
लामालार्इ एक गाेली लागेकाे जनाइएकाे छ । उनलार्इ उपचारका लागि वीर अस्पताल लगिएकाे छ ।
लामाकाे साथबाट एउटा पेस्ताेल र २ राउण्ड गाेली बरामद भएकाे अपराध महाशाखाले जनाएकाे छ ।
काे हुन् अशाेक लामा ?
अशाेक लामा ललितपुरलार्इ अाधार बनाएर गुण्दागर्दीमा संलग्न व्यक्ति हुन् । उनी ललितपुरका विभिन्न व्यापारी र व्यवसायीबाट हप्ता असुली गरेकाे अभियाेगमा यसअघि पनि पक्राउ पर्दै छुट्दै अाएका थिए ।
लामाले पछिल्लाे समय हतियार देखाएर विभिन्न ठाउँमा हप्ता असुली गरिरहेकाे भन्दे प्रहरीमा उजुरी परेकाे थियाे ।
प्रहरीकाे खाेजी सूचीमा रहेका लामालार्इ पक्राउ गर्न खाेज्दा प्रहरीमाथि नै गाेली चलाउन खाेजेपछि जवाफी जवाफी पायररिङ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताए ।