०१ असार २०८३, सोमबार

पट्रोलियम पदार्थको कृत्रिम अभाव गराएकाे भन्दै आयल निगमका कर्मचारी पक्राउ

पट्रोलियम पदार्थको कृत्रिम अभाव गराएकाे भन्दै आयल निगमका कर्मचारी पक्राउ
फाइल तस्बिर

धनुषा, २८ जेठ– पेट्रोलियम पदार्थको बिलिङ नगरी बजारमा पेट्रोल र डिजेलको कृत्रिम अभाव गराएको अभियोगमा नेपाल आयल निगमका डीपो प्रमुखलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरमा रहेको आयल निगमको डीपो प्रमुख मोहन कुमार साहसहित पेट्रोलियम डिलर्स एशोसिएसन धनुषाका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ धनुषाका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरेको हो । 

उनीहरुले पेट्रोलियम पदार्थको सहज वितरणमा अवरोध पुर्याइ बजारमा कृत्रिम अवरोध पुर्याएको प्रहरीले जनाएको छ । 

इन्धन बोक्ने ट्यांकर चालकहरुको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन धनुषा र पेट्रोलियम ढुवानी संघ धनुषाबीच विवाद भएको थियो । सोही विषयलाई लिएर डीपो प्रमुख साहले सिन्डिकेट लगाएको पेट्रोलियम ढुवानी संघ धनुषाले आरोप लगाएको छ । 

पेट्रोल पम्प सञ्चालकहरुले ट्यांक्टर चालकलाई ढुवानी गरेवापत दिँदै आएको ६ सय रुपैयाँ भत्ता कटौती गरेपछि विवाद बढेको थियो । सोही विषयमा केही दिन अगाडि भएको छलफलमा पेट्रोलियम पदार्थको वितरण र ढुवानीमा अवरोध नगर्ने सहमति भएको थियो । 

धनुषाको महेन्द्रनगरस्थित डिपोबाट धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा दैनिक इन्धन वितरण हुने गर्छ । तर उक्त डिपोबाट विगत तीन दिनदेखि पेट्रोलियम पदार्थको बिलिङ नै भएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्