०१ असार २०८३, सोमबार

नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने विप्लवका कारागार चलान

जेठ २८, २०७५
नगरप्रमुख श्रेष्ठलाई आक्रमण गर्ने विप्लवका कारागार चलान

भक्तपुर, २८ जेठ –मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुई अभियुक्तलाई आज भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । 

गत वैशाख ८ गते मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा आक्रमणमा गरेका श्रेष्ठलाई आक्रमण गरी घाइते बनाउने कुशल बोगटी र सविन लामालाई जिल्ला अदालतका न्यायाधीश भोजराज शर्माकोे इजलासले थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलाश अधिकृत कमल महतले जानकारी दिए । 

कालीकोट रुप्सा–५ घर भई भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय बोगटी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी र रामेछाप दोरम्बा गाउँपालिका २ मानेडाँडा घर भई सानोठिमी बस्ने लामा सोही पार्टीका जिल्ला सदस्य हुन् । 

आक्रमणपछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले यही जेठ १ गते पक्राउ गरेको र आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वलमान महर्जनले जानकारी दिए । प्रहरीले अभियुक्त दुवैलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्