०१ असार २०८३, सोमबार

गुप्तचरको सेटै परिवर्तन

जेठ २९, २०७५
गुप्तचरको सेटै परिवर्तन

 काठमाडौं, २९ जेठ–राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ। सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन।

विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले विमानस्थलको निगरानी उपशाखामा खटिएका टोली विभागमा बोलाइएको पुष्टि गर्दै भने– ‘विमानस्थल उपशाखामा धेरै समय खटिएकालाई साटफेरका लागि विभाग बोलाइएको हो। तर, पूरै सेट तानिएको होइन।’

विमानस्थल निगरानी उपशाखामा खटिएका धेरैजसो २ वर्ष बिताइसकेकालाई विभाग बोलाएको उनले दाबी गरे। ‘२ वर्ष काम गरेकालाई बलाइएको हो, सबै पुरानालाई पनि बोलाइएको छैन। पुराना र नयाँ मिलाएर विभागले खटाइरहेको छ।’ –उनले भने।त्यहाँ खटिएका अनुसन्धान टोलीले सन्तोषजनक काम नगरेकाले विभागमा तानिएको विभाग स्रोतले बतायो। आजको नेपाल समाचारमपत्र दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्