
काठमाडौँ, २९ जेठ — नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै पहिलो महिनावारी सुुरु हुन थालेको पाइएको छ । यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्यासमेत देखिन थालेका छन् । यसबारे बृहत् अनुसन्धान नभए पनि सामाजिक, आर्थिक स्थितिमा सुधार, पोषण वृद्धि, वातावरणीय र सञ्चारमाध्यम आदिको प्रभावले विगतको दाँजोमा कम उमेरमा महिनावारी हुन थालेको तर्क विशेषज्ञहरूको छ । कान्तिपुर दैनिकमा खबर छ ।