०३ असार २०८३, बुधबार

बहुप्रतिक्षित भेटपछि  किमले ट्रम्पलाई के भने ?

बहुप्रतिक्षित भेटपछि  किमले ट्रम्पलाई के भने ?

काठमाडौं, २९ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ ।

 भेटघाटपछि किमले ट्रम्पसँग भट्दा  खुसी लागेको बताएका छन् ।  उनले प्रतिक्रियाका क्रममा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’ भनेका बीबीसीले उल्लेख गरेको छ । 

सिंगापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटलमा ट्रम्प र किमबीच अाज बिहान ५० मिनेटसम्म भेटवार्ता चलेको थियो । 

ट्रम्प र किमबीचको भेटपछि दुबै नेताले आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेको समाचारमा जनाइएको छ । 

यसअघि भेटमा क्रममा ट्रम्प र  किमले आपसमा हात मिलाएका थिए  । दुर्ई  देशका अधिकारीको महिनौ लामो कुटनीतिक प्रयासपछि ट्रम्प– किमबीच भेटवार्ता हुन सम्भव भएको हो । 

 ट्रम्प र किमको भेट  र दुई देशबीचको  उच्च स्तरीय वार्ताले सार्थक रुप लिने विश्वास व्यक्त गरिएको छ। 

 भेटअघि मिडियासँग ट्रम्पले भनेका थिए ‘ शिखर सम्मेलन निकै सफल हुने आशा गरेको छु । हामीबीच एक असल सम्बन्ध स्थापित हुनेछ ।’

यस्तै किमले भनेका थिए, ‘विभिन्न अन्योलताका बीच हामी बैठकका लागि सिंगापुर आइपुगेका छौं । हामी ती सबै चुनौतिका बीच पनि यहाँ छौं ।’

आणविक कार्यक्रमले आलोचित उत्तर कोरियाका सर्वोच्च नेता किम र ट्रम्पबीच आणविक कार्यक्रमको  अन्त्यका विषयमा केन्द्रीत रहेर वार्ता भएको ठानिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्