काठमाडौं, २९ जेठ – सिंगापुरको सेन्टोसा टापुमा रहेको क्यापेला होटलमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले सँगै लन्च लिएका छन् ।
लन्च लिइसकेपछि उनीहरूले पत्रकारहरूसँग पनि कुरा गरे ।
ट्रम्पले यो ‘साँच्चै गजबको बैठक भएको’ र आफूहरूले ‘गजबको प्रगति’ गरेको बताए । वार्ताहरू ‘उच्चस्तरीय’ रहेको र ‘कसैले पनि अपेक्षा गरेको भन्दा राम्रो’ भएको बताए ।
त्यसपछि आफूहरू एउटा दस्तावेज हस्ताक्षर गर्न लागेको उनले बताए ।
एक पत्रकारले सोधे, ‘तपाईंहरू केमा हस्ताक्षर गर्दै हुनुहुन्छ ?’
ट्रम्पले जवाफ दिए, ‘हामी केही क्षणमै त्यसको घोषणा गर्दैछौं ।’
द गार्डियनबाट