
काठमाडौं, २९ जेठ – सिंगापुरमा उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता र संयुक्त समझदारीमा हस्ताक्षरपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किमको प्रशंसा गरेका छन् ।
हस्ताक्षर समारोहपछि अन्तिममा पत्रकारहरूका अगाडि ट्रम्पले किमको प्रशंसा गरे ।
‘किम प्रतिभाशाली नेता हुन् र उनी आफ्नो देशलाई अत्यन्तै माया गर्छन्,’ ट्रम्पले भने, ‘म उनलाई पक्कै पनि ह्वाइट हाउस आउने निम्तो दिन्छु ।’
एजेन्सी