२२ जेठ २०८३, शुक्रबार

गर्मीका कारण तीन दिन विद्यालय बन्द

जेठ २९, २०७५
गर्मीका कारण तीन दिन विद्यालय बन्द

तुलसीपुर, दाङ २९– तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनसम्म गर्मी बिदा हुने भएको छ । 

शिक्षा समितिको आज बसेको बैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परेको र अध्यापन कार्यपनि प्रभावकारी नभएकाले बिदा दिने निर्णय गरिएको संयोजक देवराज विकले बताए । 

उनले वार्षिक विदाबाट कट्टी हुने गरी आगामी असार १ गतेसम्मका लागि बिदा गरिएको पनि बताए ।  अचानक गर्मी बढ्दा विद्यार्थीलाई असर परेको भन्दै विभिन्न विद्यार्थी संगठन, अभिभावक र सरोकारवालाले विदाका लागि आवाज उठाउँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्