२३ जेठ २०८३, शनिबार

सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने मन्त्री विष्टकाे दाबी

जेठ २९, २०७५
सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने मन्त्री विष्टकाे दाबी

काठमाडौँ, २९ जेठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले अबको सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने बताएका छन् । 

काठमाडौँमा आज उक्त मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाद्वारा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधनगर्दै  मन्त्री विष्टले भने, “नेपालमा बालश्रमको अन्त्य गर्न मन्त्रालयले विसं २०८२ सम्मका लागि ‘बालश्रम निवारण गुरुयोजना’ तयार पारिसकेको छ ।” अबको केही दिनभित्र गुरुयोजना पारित भइसक्ने उनले जानकारी दिए । 

एकातिर गरिबी र अर्कोतिर चेतना तथा प्रविधिको अभावले बालबालिका श्रम गर्न बाध्य भएकामा उनले दुःख व्यक्त गरे । जनसमुदाय, नागरिक समाज, गैरसरकारी संस्था र सरकारी संस्था हातमा हात राखी अघि बढे मात्र बालश्रमको अन्त्य हुने उनको भनाइ छ । सम्पूर्ण बालबालिकाको पढ्ने र स्वस्थ जीवनशैली बिताउने अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री बिष्टले बताए । 
सो अवसरमा मन्त्रालयका महानिर्देशक रामप्रसाद भट्टराईले बालश्रम सभ्य समाजको अभिशाप रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्