०५ असार २०८३, शुक्रबार

सभापतिलाई असफल बनाउने रणनीतिमा शीर्ष नेताहरु

जेठ ३०, २०७५
सभापतिलाई असफल बनाउने रणनीतिमा शीर्ष नेताहरु

हेटौंडा, ३० जेठ– असार ५ देखि तीन दिन हेटौंडामा हुने नेपाली कांग्रेसका जिल्ला सभापति राष्ट्रिय भेलामा पार्टीको पछिल्लो हारको कारक पार्टी सभापति शेरबहादुर देउवालाई नै बनाएर उनलाई असफल बनाउने रणनीति तयार पार्न शीर्ष नेताहरु लागेका छन् । उनीहरुले यस विषयमा आन्तरिक लविङ नै सुरु गरेका हुन् ।

पार्टीको पछिल्लो अवस्थाको कारक संस्थापन पक्षलाई बनाएर देउवालाई असफल बनाउने नेताहरुको आन्तरिक योजना रहेको बुझिएको छ । वैशाख १६ गते भएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायत विषयमा छलफल गर्न जिल्ला सभापतिहरुको भेला हेटौंडामा गर्ने निर्णय गरेको थियो ।

त्यसपछि पार्टी नेतृत्व गरिरहेका देउवाको समूह, पार्टी नेतृत्वप्रति असन्तुष्ट रामचन्द्र पौडेलको समूह र पार्टीमा युवा नेतृत्व हुनुपर्ने आवाज उठाउने गगन थापाको समूह सक्रिय छन् । ती समूहहरुबीच आन्तरिक रणनीति बुनिएको नेताहरुको भनाइ छ । लामो समयदेखि जिल्ला सभापति तथा महासमिति बैठक हुन नसकेको भन्दै पार्टी सभापति देउवालाई पौडेल र थापा समूहले आलोचना गरेपछि भेला हुने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्