२२ जेठ २०८३, शुक्रबार

सुनकाण्डमा संलग्न प्रहरी अख्तियारको छानबिनमा

जेठ ३०, २०७५
सुनकाण्डमा संलग्न प्रहरी अख्तियारको छानबिनमा

काठमाडौं, ३० जेठ– साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । 

आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । 

आयोगका प्रवक्ता रामेश्वर दंगालले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपीद्वय दिवेश लोहनी र श्याम खत्री, डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन सुरु भएको बताए । आजको नयाँ पत्रिकामा यसबारे विस्तृत खबर  छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्