२८ जेठ २०८३, बिहीबार

सशस्त्रमा दुई डीआईजी पद खारेज, अब सबै जिल्लामा सशस्त्र प्रहरीको गुल्म

जेठ ३०, २०७५
सशस्त्रमा दुई डीआईजी पद खारेज, अब सबै जिल्लामा सशस्त्र प्रहरीको गुल्म

काठमाडौं, ३० जेठ–सरकारले सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डीआईजी्र) को संख्या पनि घटाएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्रको डीआईजीको संख्या १८ बाट १६ मा झारेको हो ।

मन्त्रिपरिषद्को सोही बैठकले सशस्त्रको एआईजीको संख्या ६ बाट दुईमा झारेको थियो । सो बैठकले फाजिलमा रहेका पाँच एआईजीलाई फाजिलमै राख्ने र उनीहरूले अवकाश पाएपछि दरबन्दी स्वतः खारेज गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा एक र सातवटै प्रदेशमा सशस्त्र प्रहरीको बाहिनी स्थापना गर्ने निर्णयसमेत गरेको छ । हाल पाँचवटा प्रदेशमा मात्र सशस्त्रको बाहिनी छ । प्रदेश ३ र प्रदेश ५ मा भने सशस्त्रको बाहिनी छैन । सरकारले काठमाडौं उपत्यकाका लागि सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयलाई बाहिनीका रूप दिनेछ । यसअघि यो कार्यालय सशस्त्र प्रहरी बल महानगरीय कार्यालयका रूपमा चिनिन्थ्यो । एआईजी बस्ने यो कार्यालयको नेतृत्व अब डीआईजीले नै गर्नेछन् ।

सरकारको पछिल्लो निर्णयानुसार १६ डीआईजीमध्ये उपत्यका सुरक्षा कार्यालयमा एक जना र सातवटै प्रदशेमा एकएक जना गरी सात जना डीआईजी खटिनेछन् । यस्तै, आगामी दिनमा एकेडेमीको नेतृत्व पनि डीआईजीले नै गर्ने भएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्